२०८२ वैशाख २५, बिहिवार , ०१:५९:१६ बजे

Sajhamanch
'

भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । उनले १२ वर्षको टेस्ट करियरलाई अब विश्राम दिने निर्णय गरेका हुन् ।

रोहित टेस्टमा भारतका सफल ब्याटर मानिन्छन् । उनले ६७ टेस्टमा १२ शतक र १८ अर्धशतकसहित ४ हजार ३०१ रन बनाएका छन् । रोहितले सन् २०१३ मा वेस्ट इन्डिजसँगको खेलमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए ।

यसैगरी उनले गएको वर्ष अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । रोहितको कप्तानीका भारतले गएको सस्करणको वल्र्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेलेको थियो । टोली अस्ट्रेलियासँग २०९ रनले पराजित हुँदा उपाधिबाट बञ्चित बनेको थियो ।

यसैगरी टेस्ट च्याम्पियनशिपको पहिलो संस्करणमा पनि भारत फाइनलसम्म पुग्दा रोहितले राम्रो प्रदर्शन गरेका थिए । त्यसबेला भारत न्युजिल्यान्डसँग आठ विकेटले पराजित भएको थियो ।

सम्बन्धित खबर