२०८२ वैशाख २१, आइतवार , ०५:२०:३७ बजे

Sajhamanch
'

अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा स्वर्ण पदक जितेका छन् ।

अस्ट्रेलियाको करार स्टेडियममा आज भएको प्रतियोगितामा अदिशले १७ वर्षमुनि उमेर समूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । आदिशले च्याम्पियन हुन कुल ६ दशमलव २३ अङ्क जोडे ।

१० दिनको अवधिमा अदिशको यो दोस्रो अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले २१औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको यही स्पर्धामा रजत जितेका थिए । वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो ।

अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए । नामी इन्टरनेशनल कलेजमा कक्षा ११ मा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन् ।

सम्बन्धित खबर