
कञ्चनपुर । कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ ।
आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएक छन् ।