२०८२ वैशाख २१, आइतवार , ०३:४६:१४ बजे

Sajhamanch
'

मेलम्ची खोलामा बाढी आएपछि सुरुङमा पानी पठाउन बन्द

आइतवार, वैशाख २१, २०८२

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा बाढी आएपछि काठमाण्डौमा पानी पठाउन रोकिएको छ । खोलामा धमिलो पानी आएकाले तत्कालका लागि पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सुरुङबाट पानी आउन बन्द भएसँगै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण पनि रोकिएको छ । काठमाण्डौ उपत्यकामा मेलम्चीको १७ करोड लिटर र सुन्दरीजलसहित अरू स्रोत गरी थप २ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएपछि पानी वितरण पनि प्रभावित भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले बताए।

सम्बन्धित खबर