२०८२ पौष २७ आइतवार , ०१:१९:५९ बजे

Sajhamanch
'

पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँठाउँमा वर्षा

आइतवार, वैशाख २१, २०८२

काठमाडौँ । नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बादल लाग्ने जानकारी गराउँदै सावधानी अपनाउन आग्रह गरेका छन्।

आज साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र दार्चुलास्थित सीमा क्षेत्रबाट सुदूरपश्चिमको हिमाली तथा पहाडी क्षेत्रको बाटो हुँदै बादल छिरिसकेको उनले बताए। बादल हिँडेको बाटोमा वर्षा भइरहेको छ।

अहिले नेपालमा स्थानीय र पश्चिमी वायु विकसित छ। अहिले पनि लुम्बिनी र गण्डकीका थोरै भूभागमा पानी परिरहेको मौसमविद् अधिकारीले जानकारी दिए।आज दिउँसो बागमती, गण्डकी, मधेश प्रदेश सुदूरपश्चिमलगायत हरेक प्रदेशका केही भागमा पानी परेको थियो भने बागमती र गण्डकीमा अलि बढी पानी परेको पनि अधिकारीले जानकारी दिए।

उनका अनुसार आइतबार र सोमबार पनि बादल लागेको र आजको भन्दा केही बढी बादल लाग्ने सम्भावना रहेको छ। हल्कादेखि मध्यमसम्म वर्षा हुने भए पनि ठूलो वर्षाको सम्भावना भने कम रहेको उनले बताए।अधिकारीले भने, ‘भोलि कोशी प्रदेशलगायत हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना छ। अलि बढी कोशीमा पर्ने सम्भावना छ।’

वर्षा नभएका ठाउँमा पनि बादल लाग्ने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन्। अधिकारीले आगामी साता केही सुधारिए पनि बदलीको अवस्थामा रहने बताए।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
आइतवार, पौष २७, २०८२
आजको मौसम
सोमवार, पौष २१, २०८२