२०८२ वैशाख १९, शुक्रवार , ०८:५३:०१ बजे

Sajhamanch
'

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते बुधवार खोप लगाउने भएको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा. अभियान गौतमले छुट भएका बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए ।

विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउन सक्नेछन् । नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखाप्रमुख डा. गौतमले छुटेका पाँच प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाउन लागेको जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट भएका आफ्ना सबै बालबालिकालाई तोकिएको दिन नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह समेत गरेको छ ।

शुक्रवार, वैशाख १९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर