२०८२ वैशाख १९, शुक्रवार , ११:१३:१७ बजे

Sajhamanch
'

आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सूचना तथा सञ्चार प्रविधिको प्रचारप्रसार, समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्षको ‘मे’ २ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘सूचना प्रविधिको अभियानः डिजिटल नेपालको निर्माण’ भन्ने नारासहित गोष्ठी, सेमिनार, प्रविधि प्रदर्शनी तथा सम्मान कार्यक्रमहरू हुँदैछन् ।

सरकार प्रत्यक्ष संलग्न भएर आईसीटी दिवस मनाउन थालेको आठ वर्ष भए पनि यसको शुरूवात निजी क्षेत्रको पहलबाट भएको थियो ।

तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल अहिलेको क्यान महासङ्घले सन् २०११ देखि नै ‘मे’ २ तारिखलाई आईसीटी दिवसको रूपमा मनाउन शुरू गरेको थियो ।

‘मे’ महिनामा नेपालमा पहिलो मेनफ्रेम कम्प्युटर भित्रिएको, राष्ट्रिय कम्प्युटर केन्द्र स्थापना भएको तथा अन्य शुरूवाती काम भएको भन्दै क्यानले यो दिवस मनाउन शुरू गरेको थियो ।

यो दिवसलाई नेपाल सरकारले २०७४ साल वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रिय दिवसको मान्यता दिएको हो ।

यो दिवस नेपाली समाजको डिजिटल रूपान्तरणमा सूचना तथा सञ्चार प्रविधिले खेलेको महत्त्वपूर्ण भूमिकालाई स्मरण गर्ने अवसर भएको विज्ञहरु बताउँछन् ।

शुक्रवार, वैशाख १९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर