
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । भारतको अहदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
आईपीएलमा ९ खेलमा १२ अङ्कसहित गुजरात चौथो स्थानमा छ । समान खेलमा ६ अङ्क रहेको हैदराबाद नवौं स्थानमा छ ।
यसअघि हिजोको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई एक सय रनले पराजित गरेको थियो । जीतसँगै मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।
११ खेलमा ६ अङ्कका साथ आठौं स्थानमा रहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।