२०८२ वैशाख १९, शुक्रवार , ०८:४१:२१ बजे

Sajhamanch
'

उदयपुरमा जिप दुर्घटना हुँदा कानुन अधिकृतको मृत्यु

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एकजना कानुन अधिकृतको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत छन् । उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सञ्चार शाखाले जनाएको छ ।

चितवनबाट झापातर्फ गइरहेको मे. १ च ३०४० नम्बरको स्कार्पियो जिप विहीबार साँझ दुर्घटना भएको थियो ।

सो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

शुक्रवार, वैशाख १९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर