२०८२ वैशाख १९, शुक्रवार , ०८:५४:४७ बजे

Sajhamanch
'

शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सकियो

शुक्रवार, वैशाख १९, २०८२

बाग्लुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो शिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र शिकार भएको छ ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गएको माघ १५ गते शिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गर्ने अनुमति दिएको थियो ।

शिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी ६ वटा कम्पनीले अनुमति पाएका थिए ।

वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका शिकारी ढोरपाटन शिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए ।

ढोरपाटन शिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि शिकारी ढोरपाटन आएका थिए ।

शिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको शिकार गरेका थिए ।

ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा शिकार हुने गर्छ ।

शुक्रवार, वैशाख १९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर