२०८२ वैशाख १८, बिहिवार , ०८:५६:२९ बजे

Sajhamanch
'

मन्त्री दाहालले निरीक्षण गरे हुलाकी राजमार्गको रतुवा र कनकाई पूल निर्माणको गति

बिहिवार, वैशाख १८, २०८२

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कुनै पनि विकास आयोजनाहरुलाई रुग्ण हुन नदिन आग्रह गरेका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत झापाका रतुवा तथा कनकाई पूलको आज अपरान्ह निरीक्षणका क्रममा रुग्ण आयोजनाहरुको व्यवस्थापनमा मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताएका हुन् ।

आयोजना जिम्मा लिने र समयमा पूरा नगर्ने प्रवृतिको अन्त्य हुनुपर्ने भन्दै मन्त्री दाहालले निर्धारित समयमा पूरा नभएका आयोजनाहरुका बारेमा मन्त्रालयले समिति नै बनाएर अध्ययन गरेको पनि जानकारी दिए ।

निर्माण व्यवसायीहरुलाई सक्नेजति मात्र आयोजनाहरु जिम्मा लिन आग्रह गर्दै उनले आयोजनाहरुको नियमित र प्रभावकारी नियमन गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिएका थिए ।

मन्त्री दाहाले ती पूलहरु सहित झापामा निर्माण जारी विभिन्न आयोजनाहरुको निरीक्षण एवम् अनुगमन गरे । झापा र मोरङ् जोड्ने रतुवा खोलाको पूल हालै निर्माण पूरा भएको हो । यस्तै कनकाई नदीमा निर्माणाधिन पूल केही समय निर्माण अवरुद्ध भई पुनः निर्माण शुरु भएको हो ।

सो पूलमा हाल स्ल्याव ढलान गरिएको छ । उक्त ढलानमा केही समय पछि भारबहन क्षमता जाँच गरिने जनाइएको छ ।

सम्बन्धित खबर