२०८२ वैशाख १७, बुधवार , ०८:०९:०८ बजे

Sajhamanch
'

आन्तरिक बैठक बसेर सरकारसँग वार्तामा बस्दै आन्दोलनरत शिक्षक

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । सरकार र शिक्षकहरूबीच आज (बुधबार)पनि वार्ता हुने भएको छ ।सुरूमा आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर सरकारसँग वार्तामा बस्नेछ । शिक्षकको आन्तरिक बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

आन्तरिक बैठकपछि दिउँसो २ बजे सरकार र शिक्षकबीच वार्ता हुनेछ । उक्त बैठकमा सहमति हुने दाबी गरिएको छ ।मंगलबार राति भएको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् । सिंहदरबारमा शिक्षामन्त्री रघुजी पन्तसहित महासंघका पदाधिकारीबीच वार्ता भएको थियो ।

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले बुधबार बैठक टुंगोमा पुग्ने बताएका थिए ।महासंघले सरकारसमक्ष नौबुँदे प्रस्ताव पेस गरेको छ । उक्त मागमा छलफल भइसकेको छ ।महासचिव थापाका अनुसार, हस्ताक्षरपछि आन्दोलनको स्परुप परिवर्तन हुनेछ । आन्दोलनको स्वरुप कस्तो हुने शिक्षकको आन्तरिक बैठकले निर्धारण गर्नेछ ।

सम्बन्धित खबर