२०८२ वैशाख १६, मङ्गलवार , ११:५१:५६ बजे

Sajhamanch
'

देउजोरमा रुखले च्यापिएर इलामका ४६ वर्षीय लिम्बूको मृत्यु

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा गएराति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको हो ।

लिम्बूको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

मङ्गलवार, वैशाख १६, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर