२०८२ वैशाख १४, आइतवार , ०३:०५:४६ बजे

Sajhamanch
'

शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार कार्की घाइते

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् ।

उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन् ।

प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका समाचार प्रमुख राजु भण्डारीले जानकारी दिए । भण्डारीले भने, ‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ। आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ।’

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुको २६ औं दिनको प्रदर्शनमा आज प्रहरीसँग झडप भएको थियो ।

प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि बल प्रयोग गर्नुपरेको जनाएको छ । तर शिक्षक महासंघका नेताहरुले भने आफूहरुले शान्तिपूर्ण प्रदर्शन गरेको तर सरकारले घुसपैठ गराएर झडपको स्थिति सिर्जना भएको आरोप लगाएको छ ।

सम्बन्धित खबर