२०८२ वैशाख १४, आइतवार , ०१:५३:५० बजे

Sajhamanch
'

तीनकुने घटना : मिश्र र प्रसाईंलगायतलाई म्याद थप गर्न अदालत लगिंदै

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । १५ चैतमा भएको तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितका व्यक्तिलाई म्याद थप गर्न अदालत लगिंदै छ ।

यसअघि पछिल्लोपटक १० वैशाखमा उनीहरुविरुद्ध तीन दिनको म्याद थप भएको थियो । उक्त म्याद सकिएकाले आज आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

यसअघि भने अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश दिएको थियो । उनीहरूले हाजिरी जमानीमा छाडी पाउँ भन्दै परेको निवेदनलाई समेत आधार बनाउँदै अदालतले थप ३ दिन मात्र हिरासतमा राख्न अनुमति दिएको थियो । यता प्रहरी र सरकारी वकिलको कार्यालयले भने २० दिनको म्याद मागेका थिए ।

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ ।

तीनकुनेको घरमा आगो लगाउनेलाई पनि कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित खबर