२०८२ वैशाख १४, आइतवार , ०२:३८:१० बजे

Sajhamanch
'

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना कोपा डेल रे च्याम्पियन

आइतवार, वैशाख १४, २०८२

काठमाडौं । रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना कोपा डेल रे च्याम्पियन बनेको छ । डिफेन्डर जुल्स कुन्डेले खेलको अतिरिक्त समयमा गरेको गोलबाट बार्सिलोना उपाधि जित्न सफल भयो ।

सेभिलमा भएको खेलमा बार्सिलोनाले ३–२ को जीत निकालेको हो । निर्धारित ९० मिनेटको खेल दुईरदुई गोलको बराबरीमा सकिएपछि थप भएको ३० मिनेटको खेलमा कुन्डेले विजयी गोल गरे ।

बार्सिलोनाले खेलको पहिलो हाफमा एक गोल गर्दै अग्रता बनाएको थियो । तर रियलका एमबाप्पेले दोस्रो हाफको ७० औं मिनेटमा गोल गरे । त्यसको ८ मिनेटपछि रियलले गोल थप्यो । लगत्तै ८४ औं मिनेटमा बार्साले खेललाई बराबरी गर्यो ।

अतिरिक्त समयमा खेलको ११६ औँ मिनेटमा भएको गोलबाट बार्सिलोनाले उपाधि जितेको हो । यसअघि उसले स्पेनिस सुपर कप पनि जितिसकेको छ ।

सम्बन्धित खबर