
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आईपीएल क्रिकेटमा आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सले खेल्दैछन् । यो खेल वानखडेमा हुनेछ ।
मुम्बई ९ खेलमा १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । त्यस्तै लखनउको पनि समान ९ खेलमा १० अङ्क नै छ । नेटरनरेटका आधारमा लखनउ छौटौं स्थानमा छ ।
आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे दिल्ली क्यापिटल र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । यो खेल दिल्लीमा हुनेछ । दिल्ली ८ खेलमा १२ अङ्कसहित तालिकाको दोस्रो र बेङ्गलुरु ९ खेलमा १२ अङ्कसहित तेस्रो स्थानमा छ ।
हिजो कोलकाता नाइट राइडर्स र पन्जाब किङ्ग्सको खेल नतिजाविहीन भयो । इडेन गार्डेनमा खेल वर्षाले प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका छन् ।
पञ्जाबको ९ खेलमा ११ अङ्क भएको छ । पञ्जाब तालिकाको चौथो स्थानमा छ । समान ९ खेलमा कोलकाताको ७ अङ्क छ । कोलकाता सातौं स्थानमा छ ।