
इरानको एक प्रमुख बन्दरगाहमा भएको विस्फोटमा १४ जनाको मृत्यु भएको छ । ७५० भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।
विस्फोट शनिबार बिहान दक्षिणी सहर बन्दर अब्बासनजिकै रहेको देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह सहिद राजाईमा भएको हो ।
विस्फोटले नजिकैका भवनहरूका झ्याल र छाना उडाएको र गाडीहरू नष्ट गरेको समाचामा उल्ल्लेख छ । स्थानीय बासिन्दाले विस्फोटको अवाज ५० किलोमिटर टाढासम्म सुनेका थिए ।
प्राप्त भिडियोहरूका अनुसार एक ठूलो आगालागीपछि विस्फोट हुँदै गरेको, मानिस भाग्दै गरेको, धेरैजना सडकमा घाइते अवस्थामा लडेका, धुवाँ उडिरहेको र भग्नावशेषको छेउमा मान्छे लडेका दृश्य देखिएको बीबीसीले जनाएको छ ।
विस्फोट गोदाममा भएको बताइएको छ । हवाई दृश्यहरूमा कम्तीमा तीनवटा क्षेत्रमा ठूलो आगो लागेको देखिएको छ । इरानका गृहमन्त्रीका अनुसार आगो एक कन्टेनरबाट अर्कोमा फैलिँदै गएको थियो । यो घटनापछि सो क्षेत्रका विद्यालय र कार्यालयहरूलाई आइतबार बन्द गर्न आदेश दिइएको छ ।एक जोखिम विश्लेषण कम्पनीले ती कन्टेनरहरूमा ब्यालिस्टिक मिसाइलहरूका लागि तयार गरिएको ठोस इन्धन राखिएको हुनसक्ने बताएको छ ।एजेन्सी