२०८२ वैशाख १२, शुक्रवार , ०१:५८:३६ बजे

Sajhamanch
'

नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता रोक्का

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल ओलम्पिक कमिटी (एनओसी) का १६ वटा खाता पूर्णरूपमा रोक्का गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गरेको सिफारिशमा नेपाल राष्ट्र बैंकले हिजो एनओसीका विभिन्न नौ वटा बैंकमा रहेका सबै १६ वटा खाता पूर्णरूपमा रोक्का गरेको हो ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई अदालतले अवैधानिक घोषणा गरिसकेको छ ।