
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले आजबाट सुरु हुन लागेको हिउँदे अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको समिति बैठकले यस महिनाभरको क्यालेण्डर पारित गरेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
क्यालेण्डर अनुसार यस महिनाभर १० दिन प्रतिनिधिसभाको बैठक बस्नेछ । त्यस्तै १९ गते सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची पनि समितिले पारित गरेको छ ।
यस्तो छ प्रतिनिधिसभाको क्यालेण्डर :