२०८२ वैशाख १२, शुक्रवार , ११:५८:३३ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा राजस्थानलाई ११ रनले हराउँदै बेङ्गलुरु तेस्रो स्थानमा उक्लियो

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ ।

२०६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्रै बनाएपछि बेङ्गलुरु ११ रनले विजयी भएको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेङ्गलुरुले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

बेङ्गलुरु नौ खेलमा १२ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान नौ खेलमा ४ अङ्क मात्र जोडेको राजस्थान तालिकाको आठौं स्थानमा छ ।

१० टोली सहभागी आईपीएलमा गुजरात टाइटन्स आठ खेलमा १२ अङ्कसहित पहिलो र समान आठ खेलमा १२ अङ्कसहित रनरेटका आधारमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ ।

आईपीएलअन्तर्गत आज बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

सम्बन्धित खबर