२०८२ वैशाख १०, बुधवार , ०४:४७:४५ बजे

Sajhamanch
'

अमेरिका, फ्रान्स र माल्टा पठाइदिने भन्दै १ करोडभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै एक करोड १६ लाख आठ हजार रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिमको बाँफिकोट नगरपालिका–१३ का ३८ वर्षीय आदर्श केसी, ललितपुरको गोदावरी नगरपालिका–३ की २७ वर्षीया बिनिता पुरी, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ का ३८ वर्षीय इन्द्रकुमार रोकाय र काभ्रेको चौंरीदेउराली गाउँपालिका–६ की ३२ वर्षीया तारा गिरी रहेका छन् ।

आदर्शले अमेरिका पठाइदिने भन्दै तीन जनाबाट ९२ लाख, इन्द्रकुमारले फ्रान्स पठाइदिने भन्दै एक जनाबाट आठ लाख तथा बिनिता र ताराले माल्टा पठाइदिने भन्दै चार जनाबाट १६ लाख आठ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

सम्बन्धित खबर