२०८२ वैशाख १०, बुधवार , ०३:३९:१२ बजे

Sajhamanch
'

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन बन्ने

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई वटा प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कम्पनी लिमिटेडबीच हिजो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

गएको माघ ३० गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औं बैठकमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति भएको थियो ।

नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । बाँकी ४९ प्रतिशत अर्को देशको रहने छ ।

इनरुवा–न्यु पूर्णियाको लम्बाइ नेपालतर्फ झन्डै २५ किलोमिटर र भारततर्फ सय किलोमिटर छ भने दोधारा–बरेली प्रसारण लाइनको नेपालतर्फ झन्डै ३५ किलोमिटर र भारततर्फ डेढ सय किलोमिटर छ ।

सम्बन्धित खबर