२०८२ वैशाख २८, आइतवार , ०४:४६:५६ बजे

Sajhamanch
'

सुनको भाउ एकैदिन सात हजार ५०० रुपैयाँले घट्यो

बुधवार, वैशाख १०, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ सात हजार ५०० रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार रुपैयाँ ९०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर तोलाको एक हजार ९६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर