२०८२ वैशाख ९, मङ्गलवार , १२:१२:५५ बजे

Sajhamanch
'

सुनको भाउ तोलाको २ लाख नजिक, एकैदिन ६ हजार ९०० रुपैयाँले बढ्यो

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

आज सुनको भाउ तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार ९७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर