
काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोसलाई आज आयोजक एनएसएलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
कार्लोसले नेपाल आउँदा खुशी लागेको बताएका थिए । उनले भोलि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर हेर्ने एनएसएलले जनाएको छ । रोबर्टो कार्लोसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् ।
सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लोस प्रमुख खेलाडी थिए । कार्लोसले १२५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन् ।