२०८२ वैशाख ९, मङ्गलवार , १०:३०:३० बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा आज लखनउ र दिल्ली खेल्दै

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाल समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा सात खेलमा १० अङ्क रहेको दिल्ली दोस्रो स्थानमा छ । लखनउ ८ खेलमा १० अङ्कसहित पाँचौं स्थान छ ।

हिजोको खेलमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ३९ रनले पराजित गरेको थियो ।

सम्बन्धित खबर