२०८२ जेठ १, बुधवार , ०३:३१:१७ बजे

Sajhamanch
'

सहयोग रोक्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर

मङ्गलवार, वैशाख ९, २०८२

 हार्वर्ड विश्वविद्यालयले आफूले संघीय सरकारबाट पाउनुपर्ने अरबौँ डलरको रकम (कोष) रोक्का गर्ने निर्णयविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।गत हप्तादेखि तीव्र विवादको विषय बनेको विश्वविद्यालयले संघीय अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी भावना नियन्त्रण, विश्वविद्यालय प्रशासनमा सुधार र विविधतालाई अभिवृद्धि नगर्ने जस्ता कार्य गर्न आफूले दिएको निर्देशनलाई हार्वर्ड विश्वविद्यालयले अस्वीकार गरेको भन्दै संघीय सरकारमार्फत दिइने २।२ अर्ब डलरको डलरको रकम (कोष) रोक्का गरेको थियो ।

विश्वविद्यालयको करमुक्त (कर नलाग्ने) स्ट्याटस माथि पनि चुनौती दिएका थिए ।

हार्वर्ड विश्वविद्यालयका अध्यक्ष एलन एम। गार्बरले सोमबार विश्वविद्यालयको नाममा पठाएको पत्रमा सरकारले गरेको यो अनुचित हस्तक्षेपको परिणाम गम्भीर र दीर्घकालीन हुने चेतावनी दिएका छन् ।

गार्बरले कोष रोक्का गर्ने निर्णयले पेडियाट्रिक क्यान्सर, अल्जाइमर र पार्किन्सन रोगजस्ता विषयमा भइरहेका महत्वपूर्ण अनुसन्धानहरूमा असर पारेको बताएका छन् ।

विश्वविद्यालयले दायर गरेको मुद्दामा भनिएको छ, ‘हालका हप्ताहरूमा संघीय सरकारले विभिन्न अनुसन्धानहरू सफल बनाउने आर्थिक साझेदारीमा आक्रमण गरेको छ । यो मुद्दा संघीय कोष रोकेर संघीय सरकारले हार्वर्ड विश्वविद्यालयको शैक्षिक निर्णय प्रक्रियामा नियन्त्रण कायम गर्न खोजेको विषयसँग सम्बन्धित छ ।”ट्रम्प प्रशासनले केही दिनअघि हार्वर्डले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने स्वतन्त्रतालाई पनि कमजोर पार्ने चेतावनी दिएको थियो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार दायर भएको उक्त मुद्दाबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।एजेन्सी

सम्बन्धित खबर