२०८२ वैशाख ८, सोमवार , ०८:५४:४५ बजे

Sajhamanch
'

२०८१ चैतमा कोशी प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरी बने झापाका प्रमुख प्रहरी निरीक्षक पौडेल

सोमवार, वैशाख ८, २०८२

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक गणेश पौडेल कोशी प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले प्रहरी निरीक्षक पौडेलले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै २०८१ साल चैत्र महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको जनाएको छ ।

उनले विभागीय मूल्य–मान्यता,आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेकोले उत्कृष्ट घोषित भएको जनाइएको छ ।

उनको नेतृत्वमा रहेको झापा ट्राफिकले बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि झापा जिल्लाभर चल्ने र झापा जिल्ला भई चल्ने सवारी साधनका चालक तथा परिचालकहरुको स्वास्थ्य परीक्षण (आँखा, रक्तचाप) र लागूपदार्थ सेवन चेकजाँच कार्यक्रम संचालन गरेका थिए ।

त्यस्तै कडाईका साथ सवारी चेकजाँच गरी अधिक मात्रामा ट्राफिक नियम (तीब्र गति, मापसे÷लापसे, मोवाइल फोन प्रयोग, सिटबेल्ट प्रयोग नगर्ने र जथाभावी ओभरटेक) उल्लंघन गर्ने सवारी चालकहरुलाई कानूनी दायरामा ल्याएकोले उनी उत्कृष्ट घोषित भएका हुन् ।

पूहरी निरीक्षक पौडेलले ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान गर्न विद्यार्थीहरु र नयाँ चालकहरुलाई कक्षा संचालन गर्नुका साथै माइकिङमार्फत सुरक्षित सडक प्रयोग सम्बन्धमा आम नागरिकहरुमा जनचेतनामूलक कार्यक्रम संचालन गरेका थिए ।

विभिन्न संघ संस्था तथा निकायहरुसँग समन्वय गरी ट्राफिक प्रहरी कर्मचारीहरुको स्वास्थ्य परीक्षण, मनोविज्ञद्वारा मनोपरामर्श कार्यक्रम संचालन गराउनुका साथै सवारी दुर्घटना न्यूनीकरण तथा प्रविधियुक्त ट्राफिक व्यवस्थापकीय कार्यहरु गरेकोले उनी उत्कृष्ट प्रहरी चयन भएको जनाइएको छ ।

सम्बन्धित खबर