२०८२ वैशाख ७, आइतवार , ११:०५:५४ बजे

Sajhamanch
'

प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्यान गयो

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । यस वर्षको प्रि–मनसुनको अवधिमा अहिलेसम्म विपद्जन्य घटनामा परी ४१ जनाको ज्यान गएको छ । २५७ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यस अवधिमा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्मको अवधिलाई प्रि–मनसुन भनिन्छ । यसपालि प्रि–मनसुन शुरू भएदेखि नै पानी परिरहेको छ ।

प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले सामान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने मौसमविदको भनाइ छ । अहिलेको मौसमी गतिविधिको अवस्था अझै केही दिन रहने मौसमविद्को अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागसहित विभिन्न निकायबाट जारी हुने विपद्सम्बन्धी सूचना, पूर्वानुमान एवम् चेतावनीको पालना गर्न विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

सम्बन्धित खबर