
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली गुजरात टाइटन्सले यस सिजनको बाँकी खेलमा घाइते भएका ग्लेन फिलिप्सको ठाउँमा दसुन शनाकालाई अनुबन्ध गरेको छ ।
शनाकाले यसअघि गुजरातबाट खेलिसकेका छन् र यस सिजनमा टोलीले उनलाई ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । शनाकाले अहिलेसम्म आईपीएलको एक सिजन मात्र खेलेका छन्, जसमा उनले तीन खेलमा २६ रन बनाएका छन् । यद्यपि उनले बलिङ गर्ने मौका पाएका छैनन् ।
सनराइजर्स हैदराबादसँगको खेलमा फिल्डिङ गर्ने क्रममा कम्मरमा चोट लागेका फिलिप्स प्रतियोगिताबाट बाहिरिएर घर फर्किएका छन् ।
यस्तै गुजरातका अर्का खेलाडी कागिसो रबाडा पनि व्यक्तिगत कारणले अप्रिल ३ मा घर फर्किएका छन् । रबाडा कहिले फर्किन्छन् भन्ने थाहा भएको छैन । गुजरात ६ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।