२०८२ वैशाख ६, शनिवार , ०३:४१:१९ बजे

Sajhamanch
'

ओली नेतृत्वको सरकारले नेपाललाई प्रगतिको मार्गमा अघि बढाइरहेको छ : उपप्रधानमन्त्री सिंह

शुक्रवार, वैशाख ५, २०८२

चितवन । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको जीवन सहज बनाउने काम गरिरहेको बताएका छन् ।

इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले भने, अहिलेको सरकारले जनताको दुःखलाई सुखमा परिणत हुनेगयरि काम गरिरहेको जानकारी गराउन चाहन्छु ।

उनले लामो समयपछि जनताले प्राप्त गरेको अधिकारको महत्व बुझेर त्यसैको जगमा टेकेर काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिँदै उनले नेपाल प्रगतिको मार्गमा अघि बढेको समेत बताए ।

सम्बन्धित खबर