२०८२ वैशाख ६, शनिवार , ०३:३२:५९ बजे

Sajhamanch
'

बिर्तामोडमा प्रहरीको फितलो सुरक्षा, मोटरसाइकल चोरीका घटना बढ्यो

शुक्रवार, वैशाख ५, २०८२

झापा । पाको बिर्तामोडमा मोटरसाइकल चोरी घटना फेरि बढेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको फितलो सुरक्षा व्यवस्थापनका कारण जिल्लाकै मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा मोटरसाइकल चोरीका घटना बढेको हो । यसै क्रममा गएराति बिर्तामोडको एक घरभित्र पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको छ ।

बिर्तामोड नगरपालिका–९ नरियावारी निवासी मिलन खड्काको प्र. १–०१३प ३०३२ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल घरबाटै चोरी भएको हो ।

कम्पाउन्ड भएको घरभित्रबाटै आफ्नो मोटरसाइकल चोरी भएको खड्काले जानकारी दिएका छन् । उनले त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको बताएका छन् ।

त्यस्तै गत चैत २५ गते बिर्तामोडस्थित भाटभटेनीको अन्डरग्राउन्ड पार्किङबाट पल्सर मोटरसाइकल चोरी भएको थियो । किनमेलका लागि भाटभटेनी पुगेका अर्जुनधारा नगरपालिका ६ का बबिन न्यौपानेको मोटरसाइकल चोरी भएको छ ।

किनमेलका लागि पुगेका न्यौपानेले ४ बजेर ७ मिनेटमा अन्डरग्राउन्ड पार्किङमा मोटरसाइकल राखेको जानकारी दिए । उनको मोटरसाइकल ४ः३२ बजे चोरी भएको सिसी क्यामेराको फुटेजमा देखिएको थियो ।

क्याप र मास्क लगाएको मान्छेले मोटरसाइकल लैजाँदै गरेको देखिन्छ, न्यौपाने भन्छन्– बाहिरबाट चोरी भएको भए अचम्म हुँदैन थियो । तर, अन्डरग्राउन्ड पार्किङबाटै चोरी हुनुले अचम्मित बनाएको छ ।

सम्बन्धित खबर