२०८२ वैशाख ७, आइतवार , ०४:०३:३३ बजे

Sajhamanch
'

सुनसरीको कोशी गाउँपालिकामा आगलागी हुँदा ६० लाख रुपैयाँको क्षति

शुक्रवार, वैशाख ५, २०८२

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–६ मा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवारका १० वटा घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुशीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । हिजो बाबुनन्दको घरबाट आगलागी शुरू भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार, वैशाख ५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर