२०८२ वैशाख ६, शनिवार , १२:४१:२३ बजे

Sajhamanch
'

ब्राजिलका खेलाडी कार्लोसको नेपाल भ्रमण स्थगित

शुक्रवार, वैशाख ५, २०८२

काठमाडौं । ब्राजिलका खेलाडी रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित भएको छ । नेपालको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएल हेर्न पूर्व निर्धारित समयमा कार्लोस नेपाल नआउने भएका हुन् ।

आकस्मिक बिरामीका कारण कार्लोस नेपाल आउन नसक्ने भएका एनएसएलले जनाएको छ । उनी भोलि एनएसएलको पहिलो सेमिफाइनलमा प्रमुख अतिथीको रुपमा नेपाल आउने कार्यक्रम तय गरिएको थियो । अर्को समय तालिकाको लागि कार्लोसको टिमसँग छलफल भइरहेको एनएसएलले जनाएको छ ।

ब्राजिली लिजेण्ड कार्लोस हेर्ने र भेट्ने ईच्छासहित टिकट लिएका दर्शक र समर्थकका लागि एनएसएलले टिकट रद्ध गरेर पैसा फिर्ता लिने वा अर्को तालिकामा कार्लोसलाई हेर्ने विल्कप दिइएको छ ।

सम्बन्धित खबर