२०८२ वैशाख ५, शुक्रवार , ०७:१६:३४ बजे

Sajhamanch
'

शेयर बजार लगातार तेस्रो दिन बढ्यो, झन्डै डेढ महिनापछि १० अर्ब रुपैयाँको कारोबार

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ४९ अङ्कले बढेर २ हजार ७२२ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा लगानी समूहको शेयर झन्डै ३ प्रतिशतले उकालो लागेको छ । आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेस्ट माइक्रो इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर र बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका २ करोड ३७ लाख कित्ता शेयर १० अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो कारोबार रकम झन्डै डेढ महिनायताकै उच्च हो । यसअघि गएको फागुन २१ गते १० अर्ब ८३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

सम्बन्धित खबर