
झापा । भोजपुरको एक घरमा आगलागी हुँदा ३ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार दिउँसो २ बजे भोजपुर आमचोक गाउँपालिका –५ पावला बस्ने डिकबहादुर बस्नेतको घरमा आगलागी हुँदा उनका ३ वर्षीय छोरा छत्रबहादुर बस्नेतको जलेर मृत्यु भएको हो ।
आगलागी हुनुअघि ती बालक घरभित्र खेलिरहेका थिए । आगो नियन्त्रणपछि नभेटिएका ती बालक साँझ ६ः२० बजे घरभित्र जली मृत अवस्थामा फेला परेका थिए । आगलागीबाट बस्नेतको ढुङ्गा र माटोले बनेको फुसको छानो भएको दुई तले घर जलेर नष्ट भएको छ ।