२०८२ वैशाख ५, शुक्रवार , ०३:०२:१४ बजे

Sajhamanch
'

इटहरीबाट भैरहवा जाँदै गरेको बस मकवानपुरमा दुर्घटना

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । मकवानपुरमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

बिहीबार बिहान ४:५० बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु. २ ख ५९९ नम्बरको बस मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित पूर्व-पश्चिम सडक खण्डमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको हो।

बसमा सवारमध्ये १६ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको मकवानपुर प्रहरीले जनाएको छ।

चालक बाराको कोल्बि नगरपालिका-११ का २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस चालक चौधरीले स्टेरिङ लक भएका कारण काट्न खोज्दा नकाटिएर दुर्घटना भएको बताएका छन्।

दुर्घटनाग्रस्त बस दुर्घटनास्थलमै रहेको र सडक अवरूद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेहरुको विवरण आउन बाँकी छ।

सम्बन्धित खबर