२०८२ वैशाख ५, शुक्रवार , १२:२५:२५ बजे

Sajhamanch
'

आलुखेती गरेर ३ महिनामा ८ लाख रुपैयाँ आम्दानी

बिहिवार, वैशाख ४, २०८२

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेर आठ लाख रुपैयाँ आम्दानी गरेका छन्। उनको सम्पूर्ण लागत खर्च हो, छ लाख ।

यो लागतमा उनले करिब १४ लाखको आलु उत्पादन गरेको बताए । तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गरेको महतोको भनाइ छ । १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख चोखो आम्दानी भएको उनले बताए ।

‘समस्या विभिन्न छन्, मजदुर, खाद्यमलको अभाव छ । तर तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ। यो स्वदेश मै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने ।

भोक्राहाका अधिकांश किसानले हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती रोज्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

यहाँ काडिनल, जनक, कुफरी जपी, भुटानी, सठिया, टिपिएसलगायत जातका आलु फल्ने गरेको उनले बताए । कृषि ज्ञान केन्द्र समग्रमा वार्षिक तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।

सम्बन्धित खबर