२०८२ वैशाख ५, शुक्रवार , ०१:४९:५७ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा मुम्बइ र हैदराबाद खेल्दै

बिहिवार, वैशाख ४, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जीत र ४ मा हारसहित ४ अङ्कका साथ सातौं स्थानमा छ ।

समान खेलमा समान अङ्क रहेको हैदराबाद रनरेटका आधारमा तालिकाको नवौं स्थानमा छ । आईपीएलमा दिल्ली क्यापिटल्स १० अङ्कका साथ शीर्ष स्थानमा छ ।

सम्बन्धित खबर