२०८२ वैशाख ५, शुक्रवार , ११:०९:४७ बजे

Sajhamanch
'

ट्रम्पको आयात कर नीतिविरुद्ध मुद्दा हाल्ने पहिलो राज्य बन्यो क्यालिफोर्निया

बिहिवार, वैशाख ४, २०८२

अमेरिकाको क्यालिफोर्निया राज्यका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापि आयात कर लगाउने नीतिविरुद्ध मुद्दा दायर गरेका छन् । करयुद्धका कारण अहिले विश्व व्यापारमै उथलपुथल छ ।अमेरिकी राज्यले आयात करविरुद्ध मुद्दा दायर गरेको यो पहिलो घटना हो । यसमा ट्रम्पले आपतकालीन अधिकारको आडमा कर लगाउने अधिकारको दुरुपयोग गरेको भन्दै त्यसविरुद्ध चुनौती दिइएको बीबीसीले जनाएको छ ।

क्यालिफोर्निया विश्वको पाँचौं ठूलो अर्थतन्त्र मानिन्छ । ट्रम्पको कर नीतिका कारण अमेरिकाका अन्य सबै राज्य र धेरै देशहरूलाई पछि पारेको छ । क्यालिफोर्निया अमेरिकाको उत्पादन र कृषि क्षेत्रको सबैभन्दा ठूलो केन्द्र हो ।

पत्रकार सम्मेलन गर्दै गभर्नर न्यूजम र राज्यका महान्यधिवक्ता रब बोन्टाले मुद्दा दायर गरेको घोषणा गरेका थिए । गभर्नर न्यूजमले अन्य राज्यमा भन्दा क्यालिफोर्नियामा आयात करको असर धेरै परेको बताए ।तर, राष्ट्रपतिको कार्यालयले आयात कर घोषणालाई अन्तर्राष्ट्रिय व्यापारमा असन्तुलनलाई कम गर्ने उपाय भनेको छ । राष्ट्रपति कार्यालयलका प्रवक्ता कुश देसाईले भने, “क्यालिफोर्नियामा बढ्दो अपराध, सुकुम्बासी र महँगीविरुद्ध काम गर्नुको सट्टा न्यूजमले देशको व्यापार घाटा समाधान गर्न ट्रम्पले गरेको ऐतिहासिक प्रयासलाई अवरुद्ध गर्न खोजेका छन् ।”एजेन्सी

सम्बन्धित खबर