२०८२ वैशाख ३, बुधवार , ०२:२३:१३ बजे

Sajhamanch
'

खाने तेलको मूल्य घट्यो

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । स्थानीय बजारमा खाने तेलको मूल्य घटेको छ । नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकले खाने तेलको मूल्य घटेको देखाएको हो ।

संघले १ वैशाखमा सार्वजनिक गरेको खाद्यान्नको खुद्रा मूल्यसूची अनुसार सनफ्लावर तेल र भटमासको तेलको मूल्य लिटरमा ५ रुपैयाँ घटेको छ । संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ ।

बजारमा भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको खाने तेल किन्न पाइन्छ ।

१ वैशाखमा संघले सार्वजनिक गरेको तथ्यांक अनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४१० र काँचो तोरीको तेल २४५ देखि ३२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै भटमास र सनफ्लावर तेल प्रतिलिटर २५० रुपैयाँमा किनबेच भइरहेको छ ।

१५ चैतमा भटमास र सनफ्लावर तेल प्रतिलिटर २५५ रुपैयाँमा किनबेच भइरहेको थियो भने भुटेको तोरीको तेल प्रतिलिटर ४१० र काँचो तोरीको तेल २४५ देखि ३२५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित खबर