
काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा हङकङले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा ११५ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिव माथुरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका युवराज खत्रीले ४, विपिनप्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।
नेपालले यसअघिका दुवै खेल जितेको छ । नेपालले पहिलो खेलमा यूएई र दोस्रो खेलमा ओमानलाई हराएको थियो । एशिया छनोटमा नेपाल, हङकङसहित ओमान, यूएई र अफगानिस्तान सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ ।
प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् ।