२०८२ वैशाख ३, बुधवार , ०७:३०:४४ बजे

Sajhamanch
'

गाजामा हमासले बन्धक बनाएका इजरायली सैनिक मारिएको आशंका

बुधवार, वैशाख ३, २०८२

काठमाडौं । हमासको सशस्त्र सैन्य शाखाले गाजा पट्टीमा एक इजरायली–अमेरिकी बन्धक एडन अलेक्ज्यान्डरलाई नियन्त्रणमा राखिरहेका केही आफ्ना लडाकुसँग उनी सम्पर्कमा नरहेको बताएको छ ।

सशस्त्र सैन्य शाखाका प्रवक्ता अबु उबैदाले मंगलबार टेलिग्राममार्फत इजरायली सेनाले अलेक्ज्यान्डरलाई राखिएको स्थानमा आक्रमण गरेपछि उनीहरूसँगको सम्पर्क टुटेको बताएको द प्रिन्टले जनाएको छ ।

अलेक्ज्यान्डर अमेरिकाको न्यु जर्सी राज्यका बासिन्दा र इजरायली सेनाका २१ वर्षीय सैनिक हुन् । अबु उबैदाले अलेक्ज्यान्डरलाई गाजाको कुन स्थानमा राखिएको थियो भन्ने खुलाइएको छैन ।अलेक्ज्यान्डरबारे हमासले दिएको अभिव्यक्तिबारेमा इजरायली सेनाले कुनै प्रतिक्रिया दिएको छैन ।

हमासले यसअघि पनि गाजामा बन्धक राखिएका मानिसहरूको मृत्युका लागि इजरायललाई दोष दिँदै आएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफले मार्चमा ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै हमासको नियन्त्रणमा रहेका अन्तिम जीवित अमेरिकी बन्धक अलेक्ज्यान्डरको रिहाइ प्रमुख प्राथमिकता रहेको बताएका थिए ।

सम्बन्धित खबर