२०८२ वैशाख २, मङ्गलवार , ०४:३३:११ बजे

Sajhamanch
'

धनकुटामा छुरा प्रहार घटना : ६ जना पक्राउ

मङ्गलवार, वैशाख २, २०८२

धनकुटा । धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।

खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । थप चार जना नाबालकलाई पनि पक्राउ गरी सोधपुछ भइरहेको छ ।

नयाँ वर्षको दिन हिजो धनकुटा नगरपालिका–५ बिहीवारे हटिया नजिक १७ वर्षीय कुशल राई र आयुष राईमाथि छुरा प्रहार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार घाइते कुशल र आयुषको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर