२०८२ वैशाख २, मङ्गलवार , ११:०१:३४ बजे

Sajhamanch
'

नयाँ वर्षमा धनकुटामा युवाहरुबीच विवाद हुँदा छुरा प्रहार, दुई जना घाइते

मङ्गलवार, वैशाख २, २०८२

झापा । नयाँ वर्षका दिन धनकुटामा युवाहरुबीच विवाद हुँदा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट दुई घाइते भएका छन् ।

गएराति ११ः३० बजे धनकुटा नगरपालिका-५ बिहीबारे हटियानजिकै छुरा प्रहारबाट धनकुटा– ५ बस्ने १७ वर्षीय कुशल राई र सोही ठाउँ बस्ने १७ वर्षीय आयुष राई घाइते भएका हुन् ।

दुवै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा भर्ना गरिएको छ । छुरा प्रहार गर्ने धनकुटा नगरपालिका– ६ नाशाल चौक बस्ने १८ वर्षीय रुसुक खड्गी र धनकुटा –७ बस्ने वर्ष १७ वर्षीय लाजीहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर