२०८२ वैशाख ६, शनिवार , ०६:४०:५९ बजे

Sajhamanch
'

नेपाल सुपर लिगमा झापालाई हराउँदै धनगढी प्लेअफमा

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले झापा एफसीलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको दोस्रो खेलमा धनगढीले झापालाई १–० ले पराजित गरेको हो । योसँगै लगातार तेस्रो खेल जितेको धनगढी प्लेअफमा प्रवेश गरेको छ ।

शीर्ष स्थानमा रहेको धनगढीले पाँच खेलबाट ११ अङ्क पुर्‍याएको छ । धनगढी प्लेअफमा पुग्ने दोस्रो टोली हो ।

यसअघि नै समान अङ्क भएको साबिक विजेता ललितपुर सिटी एफसी प्लेअफमा प्रवेश गरिसकेको छ । प्रतियोगितामा झापाले भने हिजो पहिलो हार बेहोरेको हो । यसअघिका चार खेलमा झापाले बराबरी खेलेको थियो ।

हिजोको पहिलो खेलमा काठमाण्डौ रेजर्स एफसीले एफसी चितवनलाई २–० गोलले हराएको थियो । काठमाडौं ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । चितवन ५ खेलमा ७ अङ्कसहित चौथो स्थानमा छ ।

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा एफसी र बुटवल लुम्बिनी खेल्दैछन् ।

सम्बन्धित खबर