
काठमाडौँ । ७७ मध्ये नेकपा (एमाले)का २ वटा जिल्ला अधिवेशन गर्न अझै बाँकी रहेको छ । पछिल्लो समय सिराहा र सप्तरीको जिल्ला अधिवेशन भएसँगै अव धनुषा र अछाम जिल्ला अधिवेशन बाँकी रहेको एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए ।
उनका अनुसार धनुषा जिल्लाको अधिवेशन वैशाख २० लाई तोकिएको छ भने अछाममा वैशाख १२, १३ र १४ गते निर्धारण भएको छ । ७७ मध्ये सप्तरी, सिराहा, धनुषा र अछाम गरी चारवटा जिल्ला कमिटीले म्याद गुजारेका छन् ।
सिराहा जिल्लाको अधिवेशन शनिबार सकिँदा सप्तरीको शनिबारै सुरु भएको थियो । सिराहामा अशोक यादवको नेतृत्वमा त्यहाँ १३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन आयोग प्रमुख सुब्बाले जानकारी दिए ।
नेकपा (एमाले)ले २०८१ को सुरुबाटै जिल्ला अधिवेशन गर्न सुरु गरेको थियो ।