
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु खेल्दैछन् ।
जयपुरमा हुने यो खेल नेपाली सयमअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । राजस्थान पाँच खेलमा चार अङ्कसहित तालिकाको सातौं स्थानमा छ । समान खेलमा छ अङ्कसहित बैङ्गलुरु पाँचौं स्थानमा छ ।
यस्तै आजै हुने दोश्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।
दिल्ली चार खेलमा आठ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा मुम्बई दुई अङ्कसहित तालिकाको पुछारबाट दोश्रो स्थानमा छ ।
हिजो भएका खेलमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसलाई आठ विकेटले र लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई छ विकेटले हराएको छ ।