२०८१ चैत ३०, शनिवार , ०१:५३:५९ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटका बाँकी खेलमा चेन्नईको कप्तानी धोनीले गर्ने

शुक्रवार, चैत २९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बाँकी सिजनका लागि चेन्नई सुपर किङ्सको कप्तानी फेरि महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन् ।

कप्तान ऋतुराज गायकवाड घाइते भएपछि धोनीले फेरि नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । गायक्वाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

मार्च ३० मा राजस्थान रोयल्ससँग गुवाहाटीमा खेल्दा गायकवाड शुरूमा घाइते भएका थिए । गायक्वाड कोलकाता नाइट राइडर्ससँगको खेल अघि प्रतियोगिताबाट बाहिरिन बाध्य भए । यो चेन्नईका लागि ठूलो धक्का हो ।

सम्बन्धित खबर